दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु, १६ जना घाइते

दैलेख | भदौ २९, २०८०

दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु, १६ जना घाइते

काठमाडौं:    दैलेखमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।  १६ जना घाइते भएका छन् । 


गएराति चट्याङ लागेर महाबु गाउँपालिका–१ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह विष्टले जानकारी दिए । 


घरमै भान्साको काम गरिरहेको बेला चट्याङ लागेर घाइते भएकी खत्रीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 


आ–आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर खरिगैराका अरु १६ जना घाइते भएका हुन् । 


उनीहरुको  दैलेख अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर घाइते आठ जनालाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको र एक जनाको दैलेख अस्पतालमा उपचार चलिरहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताए । पाँच जना उपचारपछि घर फर्किएका छन् ।


यस्तै, डुङ्गेश्वर गाउँपालिका–६ लटाली गाउँमा चट्याङ लागेर गम्भीर घाइते भएकी २६ वर्षीया रेखा बुढालाई कर्णाली प्रदेश अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्